गङ्गाजमुनाको सातदोबाटोमा वित्तीय साक्षरता अभिमुखीकरण

  • २०८२ चैत्र १८, बुधबार (३ मिनेट अघि)
  • ९ पटक पढिएको
गङ्गाजमुनाको सातदोबाटोमा वित्तीय साक्षरता अभिमुखीकरण

धादिङ– धादिङको गङ्गाजमुना गाउँपालिका–४ का स्थानीयहरूलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ। पछिल्लो समय वैदेशिक रोजगारीमा देखिएका समस्या न्यूनीकरण गर्न तथा आर्थिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिकाका वित्तीय साक्षरता सहजकर्ता अमित अधिकारीले देशमै रोजगारी गर्नुपर्नेमा जोड दिँदै, वैदेशिक रोजगारीमा जानै परे सही सूचना र आवश्यक सीप सिकेर मात्रै जानुपर्ने बताएका छन्। अभिमुखीकरणका क्रममा उनले सूचना तथा परामर्श, सीप विकास तालिम, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता तथा वैदेशिक रोजगारीका जोखिम र सम्भावनाका विषयमा सहजीकरण गरेका छन् ।

उनले आफ्नो आम्दानी, खर्च, बचत, ऋण र लगानीलाई व्यवस्थित ढंगले व्यवस्थापन गर्नुपर्नेमा विशेष जोड दिएका छन् । कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीका क्रममा भोगेका समस्या, प्रक्रियामा देखिएका जटिलता, ठगीका घटना तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट