





























काठमाडौं– सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से ४५ दशमलव १२ अङ्कले बढेर २ हजार ८०२ दशमलव ५२ विन्दुमा पुगेको हो ।
आज सबै समूहको सूचक बढेकोमा उत्पादन समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ८७ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल तथा पर्यटन, जलविद्युत् समूहको सूचक साढे २ प्रतिशतले बढेको छ ।
आज २५१ वटा कम्पनीको सेयर बढेकोमा १५ वटाको घटेको छ । यस्तै आशा लघुवित्त र मेन्छियाम हाइड्रोपावरको सेयर घटबढ भएको छैन ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीका १ करोड ८८ लाख कित्ता शेयर ८ अर्ब ३१ करोड रुपैयाँमा किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
