धादिङको ओडारेमा घर गोठमा आगलागी हुँदा ८० लाख बराबरको क्षति

धादिङको ओडारेमा घर गोठमा आगलागी हुँदा ८० लाख बराबरको क्षति

काठमाडौं– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ ओडारेमा भीषण आगलागी हुँदा ८० लाख बराबरको क्षति पुगेको छ । ओडारेका जीवन थापा मगरको घर र बाख्रा फार्ममा लागेको आगोले ७९ वटा बाख्रासहित कुखुरा लगायत धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

प्रहरी नायव उपरिक्षक दाहालका अनुसार आगलागीबाट मगरको ३ तलाको घर, गोठसहित ७९ वटा बाख्रा, गाईको बाच्छी १ वटा, २५ वटा कुखुरा, २ तोला सुन, २ लाख नगद, दुई वटा फ्रिज, काठ काट्ने मेसिन, खाद्यान्न लगायतका सामाग्रीहरु जलेर नष्ट भएका छन् ।

विद्युत सट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । करिब ८० लाख बराबरको क्षति पुगेको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

थापा परिवारलाई गाउँपालिकाले तत्कालका लागि आवश्यक राहत सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाको तर्फबाट खाद्यान्न, लत्ताकपडा, बासका लागि टेन्ट (पाल), ग्यास चुलो, सिलिन्डर र भान्छाका लागि आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट