मैत्रीपूर्ण फुटसल खेलमा नीलकण्ठ नगरपालिका विजयी

  • २०८२ बैशाख २४, बुधबार (१६ घण्टा अघि)
  • २७७ पटक पढिएको
मैत्रीपूर्ण फुटसल खेलमा नीलकण्ठ नगरपालिका विजयी

काठमाडौं– नेपाल पत्रकार महासंघ धादिङ र नीलकण्ठ नगरपालिकाविच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नीलकण्ठ नगरपालिका विजयी भएका छन् । नेपाल पत्रकार महासंघलाई ४ गोल अन्तरले पछि पार्दै नगरपालिकाले जित हात पारेको हो ।

Advertisement

नगरपालिकाको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धादिङसँग मैत्रीपूर्ण फुटसल खेल खेलेको हो । सम्बन्ध विस्तार गर्ने अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्रबाट पनि सकरात्मक सञ्देश दिने उद्देश्यले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताए । ‘स्थापना दिवस मनाउने क्रममा नगरपालिकाले कर्मचारी, जनप्रतिनिधि लगायतसँग विभिन्न खेलकुदहरु आयोजना गरिएको छ । विगतमा दिनहरुमा पनि पत्रकारमित्रहरुसँग मैत्रीपूर्ण फुटसल लगायत खेलहरु खेल्दै आएका छौ । आगामी दिनहरुमा पनि यस्ता क्रियाकलापहरु निरन्तर रहने छ’ उनले भने ।

त्यस्तै, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदसँगै सम्बन्ध विस्तार र सुधारका लागि खेलकुद रहेको बताए । ‘नगरपालिकासँगको खेल निकै रोचक रह्यो । नीलकण्ठ नगरपालिकासँग विगतका दिनहरुमा पनि यस्ता खेलहरुमा सहभागी हुदै आएका छौं । यसले नगरपालिकासँगको सम्बन्धमा थप प्रगाढ बनाएको छ । नगरपालिकाको सिङ्गो टिम तथा सबै खेलाडी साथीहरुप्रति पत्रकार महासंघ आभारी छौं’ उनले भने ।

नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७१ साल वैशाख २५ गतेको निर्णयवाट नीलकण्ठ नगरपालिका गठन भएको हो । उक्त गठन भएको दिन बैशाख २५ गतेको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि मनाइ रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट