नीलकण्ठ नगरपालिकाले मनायो १२औं स्थापना दिवस(फोटोसहित)

नीलकण्ठ नगरपालिकाले मनायो १२औं स्थापना दिवस(फोटोसहित)

काठमाडौं– धादिङको नीलकण्ठ नगरपापलिकाले विभिन्न कार्यक्रम गरि १२औं स्थापना दिवस भव्य रुपमा मनाएको छ ।

Advertisement

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७१ साल वैशाख २५ गतेको निर्णयबाट नीलकण्ठ नगरपालिका गठन भएको हो । उक्त गठन भएको दिन बैशाख २५ गतेलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको सम्बोधन गर्दै नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले प्रयोगविहिन भएर खेर गइरहेको स्वदेशी काठ प्रयोग गरि विदेशी काठको प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रममा सुधार गरेको बताए । ‘दिगो वन व्यवस्थापन रणनिति लागु गरेर स्वदेशी काठ उत्पादन तथा प्रयोग गरि रोजगारीसँग जोड्ने तयारी गरेका छौं । वन क्षेत्र देशको मूख्य आम्दानीको श्रोत बन्ने गरि कार्यक्रम लागू गर्दैछौं । वनलाई रोजगारी तथा समृद्धिसँग जोड्दै वन संरक्षणसँगै आम्दानी गर्ने कार्यक्रम बनाएका छौं’ उनले भने ।

‘व्यवस्था माथि निराशा छरेर भ्रम उत्पादन गर्ने काम भएको छ । हामी सबै एकजुट भएर संविधानको र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आ आफ्नो तर्फबाट योगदान गर्नु पर्छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म सबै सचेत भएर लाग्नु पर्छ’ उनले भने ।

त्यस्तै, नगरबासीले चाहे जस्तै नगरपालिकामा विकास भएको नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए । ‘विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा नगरपालिकाले काम गरिरहेको छ । आम नागरिकको जनजीवन फेरिने गरि काम भएको छ । कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरेका छौं । यो एउटा उदाहरण मात्रै हो । नगरपालिकाले उल्लेखनिय काम गरेको छ’ उनले भने ।

नगर उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकामा अझै धेरै कामहरु गर्न बाँकी रहेको बताए । नगरपालिकामा सबै क्षेत्रमा विकासका कामहरु सुरु भएका छन् । उनले भने– ‘विकास निर्माण, सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा धेरै परिवर्तन भएका छन् । तर यो परिवर्तनसँगै आम नागरिकका चाहना र आवश्यकताहरु पनि बढेका छन् । ति आवश्यकता तथा चाहना परिपूर्तिका लागि योजना तथा बजेट विनियोजन गर्दै समृद्ध नगरपालिका निर्माणका लागि नगरपालिकाले काम गरिरहेको छ ।’

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसकै अवसरमा विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको छ ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट