बेनीघाट रोराङ गाउँपालिकाले ल्यायो ९३ करोड ३० लाखको बजेट

  • २०८२ अषाढ ९, सोमबार (२ हप्ता अघि)
  • १७० पटक पढिएको
बेनीघाट रोराङ गाउँपालिकाले ल्यायो ९३ करोड ३० लाखको बजेट

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ९३ करोड ३० लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७औँ गाउँसभा अधिवेशनले बजेट पारित गरेको हो।

Advertisement

बजेटमध्ये ५८.५३ प्रतिशत चालु खर्च र ४१.४७ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। सामाजिक विकासमा सबैभन्दा धेरै ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूर्वाधार विकासमा ३१ करोड ८० लाख ५० हजार , आर्थिक विकासमा ६ करोड ३६ लाख, संस्थागत विकास तथा सुशासनमा ११ करोड ७४ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड १२ लाख रुपैयाँ छुट्याइएको छ।

गाउँपालिकाले संघीय र प्रदेश सरकारमार्फत प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोतबाट बजेट जुटाउने योजना बनाएको छ। संघीय सरकारबाट सशर्त र समपूरक अनुदानसहित झन्डै ४७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट झन्डै ७ करोड रुपैयाँ आउनेछ। साथै, आन्तरिक स्रोतबाट ९ करोड ७६ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

चालु वर्षमा गाउँपालिकाले कम्तीमा ८ करोड ३६ लाख रुपैयाँ बचत हुने पनि अनुमान गरिएको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ। ‘युवामा लगानी, ल्याउँछ विकासमा बिहानी’ भन्ने नारासहित युवा तथा खेलकुद क्षेत्रमा ४ करोड ७० लाख रुपैयाँ र स्वास्थ्य तथा खानेपानीतर्फ ४ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकासका लागि मात्र १ करोड ९२ लाख रुपैयाँ छुट्याइएको छ।

निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पालिका प्रतिबद्ध रहेको बताए। उनले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने गरी रणनीतिक कार्यक्रम अघि बढाइने बताए।

गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले आफुहरू जनताको मालिक नभई सेवकका रूपमा काम गरिरहेको उल्लेख गर्दै सामाजिक एकता, सहिष्णुता र समावेशी विकासमा पालिका क्रियाशील रहेको बताए ।

त्यस्तै, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले नागरिकका चाहना र आवश्यकतालाई मध्यनजर गरि नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताउदै पालिकाबासीको जनजीवनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरिन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट