काठमाडौं– नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी नियुक्त भएका छन् । धादिङ जिल्लाको जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आगामी ४ बर्षे कार्यकालको लागि अधिकारी क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् ।
वि.स. २०५७ सालमा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन (QAA) प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस हो । स्नातक तथा स्नाकोत्तरसम्मको अध्यापन गराइने नीलकण्ठ क्याम्पसमा करिव एक हजार विद्याथीहरु अध्ययनरत छन् ।
नीलकण्ठ क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख नवराज शर्माको दुइ कार्यकालको ८ वर्ष सकिय लगत्तै क्याम्पस प्रमुख कसलाई बनाउने भन्ने विषयमा चर्चा चलेको थियो । क्याम्पस सञ्चालन समितिको ११३औं वैठकबाट अधिकारीलाई क्याम्पस प्रमुखको जिम्मेवारी तोकेको हो । नीलकण्ठ क्याम्पसको नवनियुक्त क्याम्पस प्रमुख अधिकारीले नीलकण्ठ क्याम्पसको शैक्षिक गुणस्तर तथा क्याम्पसको गरिमालाई थप उचाईमा पुर्याउने गरि काम गर्ने बताएका छन् ।
अधिकारी डेढ दशक लामो समयदेखि अध्यापन पेशामा निरन्तर सक्रिय छन् । त्यस्तै गरि, २ दशकदेखि पत्रकारितामा समेत उनी सक्रिय रुपमा रहेका छन् । अध्यापन र पत्रकारिता दुवै पेशालाई एकै साथ अगाडी बढाइरहेका अधिकारी दुवै पेशामा अब्बल र सक्रिय छन् । गोरखापत्र दैनिकमा आवद्ध अधिकारी पत्रकारहरुको हक हितमा काम गर्ने विभिन्न संघसंस्थाहरुमा समेत आवद्ध रहेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप