सीतापाइला-धार्के सडक खण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

सीतापाइला-धार्के सडक खण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं– धादिङको सीतापाइला-धार्के सडक खण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छ्न् ।

काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी धुनिवेशी नगरपालिका-५ कुमाइखोलास्थित धार्के-सितापाइला सडकबाट सडकबाट करिव ५ मिटर तल खोल्सामा खस्दा ६ जना घाइते भएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार ट्याक्सी आफै अनियन्त्रित भएर सडकबाट करिव ५ मिटर तल खसेको हो । दुर्घटनामा परि घाइते हुनेहरुमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका-३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीय जस्मिन गुरुङ, सात वर्षीया जेशिका गुरूङ र चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल घाइते भएको प्रहरी नायव उपरीक्षक हमालले बताए ।

दुर्घटनामा परि घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट