धादिङको बेल्खुमा ट्याङ्करले दुई गाडीमा ठक्कर दिदा ७ जना घाइते 

धादिङको बेल्खुमा ट्याङ्करले दुई गाडीमा ठक्कर दिदा ७ जना घाइते 

धादिङ– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ बेल्खुमा ट्याङ्करले दुई सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ८१७५ नम्बरको माइक्रोबस र बागमती प्रदेश ०१–०३२ च ०१४८ नम्बरको गाडीलाई काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख २८२८ नम्बरको ट्याङ्करले ठक्कर दिदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

प्रहरी नायव उपरीक्षक हमालका अनुसार माइक्रोमा सवार १३ जनामध्ये ७ जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते हुनेहरुमा चंन्दा गौतम, भिम कुमारी भट्ट, शारदा परियार, सन्दीप सुनार, सिर्जना पचभैया, जमुना पचभैया र धन बहादुर खड्का रहेका छन्। तीन जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था मध्यम रहेको छ ।

घाइतेहरुलाई प्रारम्भिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको छ । ट्याङ्कर चालक सतिष बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट