धादिङमा जातिय छुवाछुत तथा दुर्व्यवहारविरुद्ध उजुरी

धादिङमा जातिय छुवाछुत तथा दुर्व्यवहारविरुद्ध उजुरी

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–१० ढोडेनी ज्यामरुङका २६ वर्षीय रामबहादुर विसुन्केले आफुलाई जातिय आधारमा अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएका छन् । आफ्नै वडाका वडा सदस्य ४५ वर्षीय हिम प्रसाद पाठकले अपशब्द बोल्दै ज्यान मार्नेसम्मको धम्की दिएकोले कारबाहीको माग गर्दै उजुरी दिएको होे ।

Advertisement

खेत रोप्न पानी लगाउने निहुँमा पाठकले आफुलाई दुर्व्यवहार तथा धम्की दिएको पीडित रामबहादुरले बताए । उनले भने– ‘२०८२ साउन १९ गते दिउँसो करिब १२ः३० बजे खेतमा रोपाइँ गर्ने क्रममा पाठकले पानी प्रयोग गर्ने विषयमा वादविवाद गर्दै जातीय अपशब्द प्रयोग गरेका थिए । आरोपितले पाइप खोसेर फ्याँक्नुका साथै ज्यान मार्ने धम्की दिएका हुन् । खुडा बोकेर मलाई मार्न आएका पाठकको खुडा उहाँकै श्रीमतीले खोसेपछि मेरो ज्यान बचेको हो’ उनले थपे– ‘तँ सार्की चमारे, मरेको सिनु खाने दलित जात भनेर हातपात समेत गर्दै ज्यान नै जोखिममा रहने गरि धम्की दिनुभयो ।’

विगतका दिनहरुमा पनि जातिय भेदभाव तथा अपमान गर्दै आएको उनले बताए । उनले वडा सदस्य हिम प्रसाद पाठकविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको हो । नेपालको सविधान तथा कानुनले दिएको अधिकारलाई कुण्ठित गरि जातिय आधारमा भेदभाव तथा छुवाछुत गरि अन्याय गरेको हुँदा विपक्षीलाई जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ (संसोधन२०७५) को दफा ३ र ४ बमोजिम कसुर गरेकाले सोही दफा ७ बमोजिम सजाय गरि दफा ९ बमोजिम क्षतिपूर्तिको माग समेत उहाँले दिनुभएको उजुरीमा उल्लेख गरिएको छ ।

पाठकलाई यस विषयमा बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन । पाठकको मोबाइल समेत स्वीच अफ गरिएको अवस्थामा रहेको छ । यस घटना बारे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले मुद्धा दर्ता भएको र अनुसन्धानको क्रममा रहेको जानकारी दिए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट