काठमाडौं– पृथ्वी राजमार्ग एकतर्फी सुचारु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बादरेमोड नजिकै सुख्खा पहिरो खस्दा अवरुद्ध बनेको राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको हो ।
ठुल्ठुला ढुंगा रहेकोले पहिरो पन्छाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । अहिले राजमार्ग एकतर्फी संचालनमा आएको छ । जेसिवीको प्रयोग गरि दुईतर्फी बाटो खुलाउने प्रयास भइ रहेको छ । करिव ११ बजेसम्म दुईतर्फी बाटो संचालनमा ल्याइने प्रहरी नायव उपरीक्षक हमालले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप