निजामती सेवा दिवसको अवसरमा धादिङमा वृक्षारोपण

निजामती सेवा दिवसको अवसरमा धादिङमा वृक्षारोपण

काठमाडौं- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ पान्धारे दुग्धनाथ महादेव मन्दिर धार्मिक वनमा वृक्षारोपण गरिएको छ । निजामती कर्मचारी दिवसको अवसरमा पलास, रुद्राक्ष, फलफुल लगायतका करिव तीन सय विरुवा रोपिएको हो ।

Advertisement

कर्मचारी मिलन केन्द्र धादिङ र निजामती सेवा दिवस समारोह समितिको आयोजनामा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिए । सप्ताहरुपी कार्यक्रम अन्तर्गत आज वृक्षारोपण गरिएको हो । ‘यस क्षेत्रमा नक्षत्र बाटिका, ग्रह बाटिका, राशी बाटिका पहिले नै बनाइ सकिएको छ । हामीले धार्मिक वनमा पनि जोड दिदै आएका छौं । आज २ सय पलास, रुद्राक्ष ५० र फलफलका २० वटा गरि २ सय ७० विरुवा रोप्यौं’ उनले भने– ‘लोप हुदै गएको विरुवाहरु रोप्ने र हुर्काउने अभियानमै छौं । पालिकासँग समन्वय गरि पालेसहितको व्यवस्था गर्ने तयारी समेत रहेको छ ।’

त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पान्धारे दुग्धनाथ महादेव मन्दिर धार्मिक वनमा गरिएको वृक्षारोपणलाई जोगाउन सकियो भने धार्मिक तथा पर्यटकिय स्थल बन्ने बताए । ‘त्रिपुरासुन्दरी गाउँपालिका, नर्सिङ धाम, त्रिपुरासुन्दरी मन्दिर लगायत धार्मिक स्थलले प्रसिद्ध रहेको छ । यस पहिले नै नक्षत्र बाटिका, ग्रह बाटिका, राशी बाटिका समेत रोपिएको छ । अहिले पलाससहितका विरुवा रोपियो । आगामी दिनमा यस क्षेत्रले थप ऐतिहासिक महत्व बोक्ने विश्वास छ’ उनले भने ।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पर्यटकिय दृष्टिकोणले त्रिपुरासुन्दरी गाउँपालिका प्रसिद्ध रहेको बताए । ‘हरियालीसहितको डाँडापाखा, साथमै रहेको आँखु नदी र यो सल्यानटारले सुन्दर अनि रमणीय रहेको छ । धार्मिक तथा पर्यटकिय रुपमा प्रसिद्ध यस ठाउँमा बाटिका, ग्रह बाटिका, राशी बाटिका र अहिले रोपिएको पलास लगायतका फलफलुका विरुवाले यहाँको धार्मिक तथा पर्यटकिय शोभा बढ्नेछ’ उनले भने ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट