एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ (गोर्खाली)

  • २०८२ पौष २०, आईतबार (७ घण्टा अघि)
  • २१ पटक पढिएको
एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ (गोर्खाली)

धादिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ । जिल्ला कमिटीको आइतबार बसेको बैठकले उपाध्यक्ष श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।

Advertisement

जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भुमि त्रिपाठी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी विधानअनुसार उपाध्यक्ष श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको एमाले धादिङले जनाएको छ ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा धादिङबाट निर्वाचित भुमि त्रिपाठी, खेम प्रसाद लोहनी र केन्द्रीय लेखा आयोगको अध्यक्षमा सर्वसम्मत निर्वाचित डाक्टर पुष्प कडेललाई जिल्ला कमिटीले विशेष सम्मान गरेको छ । पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट