





























धादिङ– नेपाली कांग्रेस केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा धादिङका सरोज अधिकारी मनोनित भएका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बनेको पार्टी प्रवक्ता देवराज चालिसे नेतृत्वको समितिमा धादिङका अधिकारी मनोनित भएका हुन् । नेपाल प्रेस यूनियनको पूर्व केन्द्रीय कोषाध्यक्ष अधिकारीलाई प्रवक्ता चालिसेले शनिबार मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसमा केन्द्रिय प्रचार प्रसार समिति, निर्वाचन परिचालनपछिको शक्तिशाली समिति मानिन्छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति रहेको छ। प्रवक्ता चालिसेको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति बनेको हो ।
पार्टीको १४ ओं महाधिवेशनबाट महासमिति सदस्य समेत बनेका अधिकारीसँग निर्वाचन प्रचार प्रसारमा लामो अनुभव छ । २०६४ सालयता भएका सबै तहका निर्वाचनमा केन्द्रिय निर्वाचन प्रचारमा बसेर काम गरेका अधिकारीसँग प्रिन्ट, रेडियो, टेलिभिजन, अनलाईन र अहिलेको मल्टीमिडियामा काम गरेको अनुभव छ । अधिकारीले पार्टी केन्द्रले दिएको जिम्मेवारीलाई राम्रोसँग कुरा गर्ने बताए ।

‘मलाई सभापति, उपसभापति, प्रवक्ताले जुन विश्वास गरेर जे जिम्मेवारी सुम्पनु भएको छ, म उहाँहरू प्रति आभारी छु ।’ उनले भने- ‘नेपाली कांग्रेसका उम्मेदवार र रूख चिन्हमा मत बढाउने जिम्मेवारीलाई थप क्रियाशिलताका साथ निर्वाह गर्छु ।’
नेपाल नगरपालिका संघको केन्द्रिय सल्लाहकार समेत रहेका अधिकारी पत्रकारिता र समाजशास्त्र विषयमा स्नाकोत्तर र कानुनमा स्नातक अध्ययन हुन् । २०५८ सालमा नीलकण्ठ उच्च माध्यमिक विद्यालयको नेपाल विद्यार्थी सङ्घको अध्यक्ष हुँदै राजनीतिमा प्रवेश गरेका अधिकारी धादिङको नीलकण्ठ नगरपालिका केन्द्रित राजनितिमा छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
