





























धादिङ– धादिङ– धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुरु भएको छ । नेपाली कम्यूनिष्ठ पार्टीले सर्वदलिय बैठकमा नबोलाएको भन्दै विरोध गरेपछि रोकिएको मतगणना सुरु भएको हो ।


रुवीभ्याली गाउँपालिकाको वडा नम्बर १,२, ४, र ६ बाट गन्न थालिएको मूख्य निर्वाचन अधिकृतको कार्यालय धादिङले जानकारी दिएको छ ।
मतपेटिकाबाट मतपत्र खन्याएर सटिङ गरेको मतपत्र गन्नै लाग्दा नेकपाले विरोध गरेपछि मतगणना रोकिएको थियो । क्षेत्र नम्बर २ मा नेकपा एमालेका धनबहादुर घले, नेपाली कांग्रेसका रमेश धमला, नेपाली कम्यूनिष्ठ पार्टीका रामबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बोध नारायण श्रेष्ठ चुनावी मैदानमा थिए ।
१ लाख ३८ हजार ४ सय ४७ मतदाता रहेको यस क्षेत्रमा ७३ हजार ५१ मत खसेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
