अपाङ्गता भएकाहरुको अधिकार सुनिश्चितताका लागि धादिङमा ५ दिने तालिम सुरु

  • २०८२ फागुन २५, सोमबार (३ मिनेट अघि)
  • १० पटक पढिएको
अपाङ्गता भएकाहरुको अधिकार सुनिश्चितताका लागि धादिङमा ५ दिने तालिम सुरु

धादिङ– जिल्लाको सदरमुकाम धादिङबेसीमा स्थानीय अपाङ्गता समन्वय समिति पदाधिकारीहरुको सशक्तिकरण तथा क्षमता विकास सम्बन्धि ५ दिने तालिम सुरु भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको कार्यान्वयन र पहुँच पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

Advertisement

अपाङ्गताको पहिचान, रोकथाम र न्यूनिकरणमा हाम्रो अभियान भन्ने मूल मर्मका साथ अपाङ्गता पुर्नस्थापन समाजको आयोजनामा जिल्ला समन्वय समितिको समन्वय र सामाजिक विकास कार्यालय गजुरीको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन समारोहको सम्बोधन गर्दै बागमती प्रदेश सभाका सदस्य गोविन्द लम्सालले अपाङ्गताहरुका लागि बनेका निति तथा कानुनहरु कार्यान्वयन गर्नु पर्ने बताए । ‘अपाङ्गता भएकाहरुका लागि विभिन्न खालका कानुनहरु बनेका छन् । तर कार्यान्वयन भएका छैनन् । सरकारी तथा अपाङ्गता भएकाहरुले सेवा लिने कार्यालयहरुमा अपाङ्गतामैत्री भवन लगायत सेवा छैनन्’ उनले भने– ‘निति तथा कानुन बनाउन थप पहल गर्नु पर्ने आफ्नो ठाउँमा छ । तर संविधानले दिएको अधिकार पाउने वातावरण बनाउनु पर्छ ।’

त्यस्तै, जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मा, राष्ट्रिय अपाङ्गता महासंघका पूर्व महासचिव राजु बस्नेत, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल, गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष तोलाकुमारी पाठक, पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले पनि अपाङ्गता भएकाहरुको हरेक क्षेत्रमा पहँुच हुनु पर्ने बताएका छन् । त्यसका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने उनीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

नीलकण्ठ नगरपालिका, धुनीवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षा, स्वास्थ्य र स्थानीय सुरक्षा शाखाका प्रमुख तथा प्रतिनिधिहरु तथा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अपाङ्गता भएका व्यक्तिहरु तालिममा सहभागी रहेका छन् ।
अपाङ्गता भएकाहरुको हक अधिकार सुनिश्ति गर्न सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको अपाङ्गता पुर्नस्थापना समाजका अध्यक्ष अश्विन लम्सालले बताए । ‘ऐन कानुनले दिएका हक अधिकार समेत अपाङ्गता भएका व्यक्तिहरुले पाएका छैनन् । स्थानीय तहदेखि संघीय तहसम्म कार्यान्वयन गर्न र अपाङ्गता भएकाहरुको हरेक क्षेत्रमा पुहँुच पुग्ने वातावरण बनाउन यो तालिम आयोजना गरिएको हो’ उनले भने ।
त्यस्तै, आज पहिले दिन अपाङ्गतालाई हेर्ने दृष्टिकोण, अपाङ्गताको परिभाषा, प्रकार, बर्गीकरण र अपाङ्गता भएकाहरुको समस्या तथा चुनौतिका विषयमा प्रशिक्षक राजु बस्नेतले सहजीकरण गरेका छन् । सोमबारदेखि सुरु भएको तालिम शुक्रबारसम्म चल्नेछ । तालिममा ३६ जना सहभागी रहेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट