





























काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएका हुन्।
सभापति थापाले राजीनामा बुझाएपछि केन्द्रीय समितिले बैठक आह्वान गरेको छ। बैठकमा सभापति थापाको राजिनामा बारे छलफल हुने जनाइएको छ । सभापति थापाले राजिनामा दिए पनि केन्द्रीय समितिले भने स्वीकृत गर्ने नगर्ने बारे छलफल र निर्णय गर्न बाँकी रहेको बताइएको छ।
फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापा सर्लाही ४ बाट पराजित भएका थिए। सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए।सभापति थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
