राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबिच भेटवार्ता

  • २०८३ श्रावण १४, बिहिबार (१३ घण्टा अघि)
  • १४ पटक पढिएको
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबिच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री शाह शीतलनिवास पुगेर समसामयिक विषयमा राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबिच शीतल निवासमा करिब १५ मिनेट भएको भेटवार्तामा तराई-मधेसका समस्या, मुलुकको समसामयिक विषयवस्तु र शान्ति सुरक्षाबारे छलफल भएको छ।

राष्ट्रपति पौडेलले सरकारलाई थप सचेत रहन र सर्वदलीय कुराकानीमार्फत अगाडि बढ्न सुझाव दिएका छन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले देशको पछिल्लो परिस्थितिलाई लिएर सरकार गम्भीर रहेको र समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट