काठमाडौं– भोटेकोशी बाढीका कारण कृष्णभीरमा पहिरो झरेपछि अहिले देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध छ । राजमार्ग अवरूद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा प्रत्यक्ष असर परेको छ ।


खाद्यान्न तथा औषधि जस्ता क्षेत्रमा तत्काल अभाव र समस्या सामान्य देखिएपनि खाना पकाउने ग्यासको अभाव झनै चुलिएको छ । सडक अवरूद्ध हुँदा धादिङ, नुवाकोट, रसुवा तथा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री अभाव खड्किन थालेको छ । सडक अवरूद्ध भएपछि पृथ्वी राजमार्ग भएर जाने ठाउँहरुमा अभाव हुन थालेको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा अहिले डाइसर्भन जोडिएपनि सडक चौडा बनाउने काम भई रहेको छ । अझै केही दिनमा मात्र सडक सूचारु गर्न सकिने धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताइन् । एम्बुलेन्स, शववाहन, दमकल, औषधि तथा खाद्यान्न लगायतका सवारीलाई पहिलो प्राथमिकता राखेर राजमार्ग खुलाइने र क्रमिक रुपमा मालबाहक सवारीहरु खुला गरिने उनले बताइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
