युरोपियन मुलुक पठाउँछु भनेर ६९ करोड ठगेको आरोपमा एकजना पक्राउ

  • २०८० माघ १८, बिहिबार (५ महिना अघि)
  • १७१ पटक पढिएको
युरोपियन मुलुक पठाउँछु भनेर ६९ करोड ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ ।

Advertisement

उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो ।

नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पठाउँछु भनेर ६९ करोड ठगि गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए ।

तामाङलाई पक्राउ गरेको जानकारी पाएसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयमा सय जनाभन्दा बढीको भीड लागेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट