फेसबुक मार्फत ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • १८२ पटक पढिएको
फेसबुक मार्फत ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं– सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका–२ का भीमसेन भट्ट छन् ।

Advertisement

काठमाडौंको तारकेश्वर नगरपालिकामा बस्दै आएका २४ वर्षीय भट्टले आफ्नै ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोप छ । रोजगारीको सिलसिलामा चिनजान भएकी प्रेमिकासँग मनमुटाब भएपछि आरोपीले नक्कली फेसबुक आइडी बनाएर अश्लील फोटो र भिडियो बनाएर पोस्ट गरेका हुन् ।

काठमाडौंमा बस्दा प्रेम सम्बन्धमा रहेकी ती महिला हाल जापानमा छन् । जापान गएपछि उनीहरूको बिचमा मनमुटाब सुरु भएसँगै भीमसेनले अश्लील फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमार्फत पोस्ट गर्ने र पीडितको आफन्तलाई ह्वाट्स एप मार्फत पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

आरोपीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले बताए । घटनाबारे पीडित महिलाको आफन्तले प्रहरीमा उजुरी गरेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट