६ महिनामा ३ हजार बढी लागुऔषध कारोबारी पक्राउ

  • २०८० माघ २३, मंगलबार (५ महिना अघि)
  • १७९ पटक पढिएको
६ महिनामा ३ हजार बढी लागुऔषध कारोबारी पक्राउ

काठमाडौं– गएको ६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका प्रहरीको तथ्याङ्क छ ।

Advertisement

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न ३ हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २ हजार ७ सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये एक हजार ९ सय ६० मुद्दा दर्ता भएका छन् ।

पक्राउ परेकाहरू गाँजा, चरेस, अफिम, कोकिनलगायत सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् ।

उनीहरूबाट आठ हजार तीन सय २० किलो गाँजा, तीन सय आठ किलो चरेस, १० किलो हेरोइन, २७ किलो अफिम र तीन किलो कोकिन बरामद गरी नष्ट गरिएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट