जवाङ खोलामा पहिरो खस्दा मुग्लिङ-काठमाडौं सडक पुनः अवरुद्ध

  • २०८३ श्रावण ४, सोमबार (१ दिन अघि)
  • १९ पटक पढिएको
जवाङ खोलामा पहिरो खस्दा मुग्लिङ-काठमाडौं सडक पुनः अवरुद्ध

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला क्षेत्रमा फेरि ढुंगासहितको पहिरो खस्दा मुग्लिङ-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । पहिरोसँगै माथिबाट निरन्तर ढुंगा झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

सडक अवरुद्ध भएसँगै सयौं यात्रुवाहक तथा मालवाहक सवारीसाधन राजमार्गमै रोकिएका छन् । डोजर परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ। तर माथिबाट निरन्तर ढुंगा झरिरहेकाले सडक खुलाउन समय लाग्ने देखिएको नायव उपरीक्षक प्रकाश दाहालले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट