सोमबारदेखि सञ्चालनमा आउँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

सोमबारदेखि सञ्चालनमा आउँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

|Photo: Bhuwan maharjan

काठमाडौं– नागढुङ्गा सिस्नेखोला सुरुङ्गमार्ग सोमबारदेखि सञ्चालनमा आउने भएको छ । पहिलो दिन एम्बुलेन्स, दमकल तथा सुरक्षाकर्मीका सवारी साधनलाई मात्र सुरुङ प्रयोग गर्न अनुमति दिइने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए ।

निर्माण सुरु भएको करिब ८० महिनापछि नागढुङ्गा सिस्नेखोला सुरुङ्ग मार्ग सञ्चालनमा ल्याउन लागिएको हो । आगामी दिनमा अन्य योग्य सवारीसाधनलाई पनि चरणवद्ध रूपमा सञ्चालनको अनुमति दिइने तयारी गरिएको छ। सुरुङमार्ग भने २४सैं घण्टा सञ्चालनमा रहने उनले बताए ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्कसमेत निर्धारण गरिएको छ। शुल्क भुक्तानीलाई सहज बनाउन आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित एन-ट्याग व्यवस्था गरिएको छ। हाल एक हजार, दुई हजार र पाँच हजार रुपैयाँका एन-ट्याग उपलब्ध गराइने बताइएको छ।

‘सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे तथा नन-मोटोराइज्ड सवारीसाधनलाई प्रवेश दिइने छैन। साथै डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट