नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब बढीको कारोबार

  • नेपाल पथ
  • २०८० माघ १४, आईतबार (६ महिना अघि)
  • १९२ पटक पढिएको
नेप्सेमा दोहोरो अंकको वृद्धि, ३ अर्ब बढीको कारोबार

काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको छ ।

Advertisement

आज बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहको बाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ ।

आज मध्य सोलु, माथिल्लो मैलुङखोला जलविद्युत् र साम्लिङ पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको सेयर झन्डै नौ प्रतिशते घटेको छ ।

आज एक करोड ७ लाख कित्ता सेयर तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्सको ३३ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट