भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपाल १०८औं स्थानमा

  • २०८० माघ १६, मंगलबार (५ महिना अघि)
  • १७६ पटक पढिएको
भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपाल १०८औं स्थानमा

काठमाडौं– नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ ।

Advertisement

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १८० देशमध्ये १०८औं स्थानमा परेको हो ।

यो गत वर्षको तुलनामा १ अंकको सुधार हो । यसअघि गत वर्षमा नेपाल ३४ अंक पाएर ११० औं स्थानमा थियो ।

५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रुपमा चित्रण गरिन्छ । ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ ।

यसपाली सबै मुलुकहरुको औसत अंक ४३ छ । राजनीतिमा हुने भ्रष्टाचारको मापनमा नेपालको अवस्था सुध्रिएकाले नेपालले झिनो अंकमा सुधार भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट