एजेन्सी– रुसमा एउटा कन्सर्ट हलमा भएको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । घटनामा एक सय जनाभन्दा धेरै घाइते भएका छन् । यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो ।
रुसी मानव अधिकार आयोगले यो आक्रमणलाई ‘आतंकवादी हमला’ भनेर टिप्पणी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । कन्सर्टअघि हलभित्र प्रवेश गरेका हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाएका थिए । हल रहेको भवनमा आगलागी भएको छ ।
भवनमा अरू धेरै मानिस फसेका हुनसक्ने अनुमान छ । इराक र सिरीया सक्रिय रहेको आईएसआईएल समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत् घटनाको जिम्मेवारी लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।