भिजिट भिषामा विदेश जान कडाइ

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • १३० पटक पढिएको
भिजिट भिषामा विदेश जान कडाइ

काठमाडौ– अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि बुधबारदेखि लागू हुनेगरी थप कडाइ गरेको छ । भिजिट भिसामा गएका नेपालीहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने तथा समस्या हुन थालेपछि अध्यागमनले थप कडाइ गरेको हो ।

Advertisement

विभागले वेभसाइटमार्फत ११ बुँदे यात्रा परामर्श जारी गरी ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो । अबदेखि भिजिट भिसामा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने छ । सम्बन्धित देशको भिसा वा अन–अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा समेत चाहिने अध्यागमनले जनाएको छ ।

भिजिट भिसामा जाने भन्दै विदेशमा गएर समयमै नफर्किई अवैध रूपमा काम गर्ने भेटिएको भन्दै अध्यागमन विभागले यसमा कडाइ गरेको हो । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने भएको हो । कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण चाहिने पनि अध्यागमनले जनाएको छ ।

भिजिट भिसामा गएका नेपालीहरू उल्लेखित मितिमा फर्केने गरेको नपाइएकाले असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनु भनि सूचनामा उल्लेख गरिएको छ । अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध अध्यागमनले अनुरोध गरेको छ । भिजिट भिसामा नक्कली कागजात, झुट्टा विवरण समेत तयार पारी द्वन्द्धग्रस्त मुलुकहरूसम्म पुगेर अलपत्र पर्ने गरेको भन्दै अध्यागमन विभागले सचेत रहन अनुरोध गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट