काठमाडौं– दुग्ध उत्पादक सहकारी संघ धादिङका दुग्ध उत्पादक किसानहरुले भोग्नु परेका समस्याका बारेमा सरकारलाई गम्भिर ध्यानकर्षण गराएको छ । दुध तथा दुधजन्य पदार्थ उत्पादन तथा विक्रि वितरणमा व्यहोर्नु परेका समस्या समाधान गर्न माग गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेमार्फत दुग्ध उत्पादक किसानहरुले सरकारलाई ध्यानकर्षण गराएका हुन् ।
लम्पी स्कीन रोगबाट पशुहरूमा भएको क्षतिले आहात भएका किसान पुनः दुध नबिक्दा र बिक्री भएको दुधको समेत समयमा भुक्तानी नपाउँदा झनै समस्यामा परेको ज्ञापन पत्रमा भनिएको छ । नेपाल सरकारलाई बारम्बर ध्यानकर्षण गराउदा पनि समस्यको पहल हुन नसक्दा दुग्ध किसानहरु समस्य समाधानका लागि आन्दोलनमा उत्रिन बाध्य भएको दुध किसानहरुको भनाई छ ।
किसानले उत्पादन गरेको दुध खरिद गर्ने व्यावस्था गरी प्रभावकारी छानविन गरी अनुगमन आयत बन्द गर्न किसानले माग गरेका छन् । लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत र पुर्नस्थापना गर्ने गरी विशेष प्याकेज मिलाउनका साथै किसानले प्रयोग गर्ने विद्युत महशुलमा छुट गर्ने र संघीय सरकार र प्रदेश सरकारले सञ्चालन गरेका दुध प्रशोधन केन्द्रहरू अविलम्व सञ्चालनमा ल्याउने जस्ता किसानहरुले सरकारलाई १८ ओटा माग रहेका छन् ।
देशभर दैनिक ६५ देखि ७० लाख लिटरसम्म दुध उत्पादन हुने गरेको तथ्य सार्वजानिक गरेपनि विगत केही समयदेखि यहाँ उत्पादित दुधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर दुध बिक्री वितरण हुन सकिरहेको छैन ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।