एजेन्सी– इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या भएको छ । उम फहाद भनेर टिकटकमा चर्चित उनको बगदादस्थित आफ्नै घरबाहिर शुक्रबार राति गोली हानेर हत्या गरिएको स्थानीय प्रहरीले बताएको छ ।
घटना पूर्वी बगदादको जायोउना क्षेत्रमा भएको हो । घटना सर्भिलियन्स क्यामरामा कैद भएको र सामाजिक सञ्जालमा व्यापक सेयर भएका छन् ।
भिडियोमा मोटरसाइकल चढेर आएका एक बन्दुकधारीले सावादीमाथि गोली चलाएको र घटनास्थलमै उनको मृत्यु भएको देख्न सकिन्छ ।
यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको बताइएको छ । टिकटकमा सवादीले पप गीतमा नाचेको भिडियोहरू हाल्ने गर्थिन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।