चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच भेटवार्ता

  • २०८१ जेष्ठ ३, बिहिबार (५ महिना अघि)
  • २०२ पटक पढिएको
चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई दिने औपचारिक भ्रमणमा सीलाई भेट्न पुटिन बेइजिङ पुगेका हुन् । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।

Advertisement

रुसको राष्ट्रपतिमा पाचौँ कार्यकालका लागि चयन भएसँगै पुटिनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गरेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । यस भेटमा दुई देशबीच बृहत् रणनीतिक साझेदारीसम्बन्धी सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ ।

यसैबीच पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएका खबरमा उल्लेख छ । चिनियाँ सञ्चारमाध्यमसँगको कुराकानीमा पुटिनले युद्धमा संलग्न सबै राष्ट्रहरूको हित हुनेगरी सहमतिका लागि रुस बाधक नरहेको बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट