काठमाडौं– पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय ५५ मत प्राप्त गरेका छन् । पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका हुन् ।
जरदारीका प्रतिस्पर्धी विपक्षी दलको संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १ सय ८१ मत प्राप्त गरे । निवर्तमान राष्ट्रपति आरिफ अल्वी अस्ति शुक्रवार बिदाइ भएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।