काठमाडौं– उत्तर अमेरिकामा भोलि दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको छ । मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म अप्रिल ८ तारिखको बिहान खग्रास सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ ।
त्यसबेला प्रभातकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ । दिउँसै अँध्यारो हुने गरी लाग्ने खग्रास सूर्यग्रहण विरलै हुने गरेको छ ।
चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ । केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट पनि आकाश पूरै अँध्यारो हुन्छ ।
सबैभन्दा लामो खग्रास सूर्यग्रहण सात मिनेट ३२ सेकेन्डसम्म हुनसक्ने नासाले जनाएको छ । कुनै एक ठाउँबाट खण्डग्रास सूर्यग्रहण देखिएको झण्डै तीन सय ७५ वर्षपछि मात्रै त्यही ठाउँबाट अर्को खग्रास सूर्यग्रहण देखिन्छ । तर पृथ्वीको कुनै अर्को ठाउँमा भने चाँडै पनि हुन सक्छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।