जेरुसेलम– इरानले इजरायलमाथि गरेको मिसाइल र ड्रोन आक्रमणको जवाफी कारबाहीमा इरानमाथि इजरायलले मिसाइल हमला गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले शीर्ष अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हुन् ।
इरानको विमानस्थलमा ठूलो विस्फोटको आवाज सुनिएको छ । इरानको फारस न्युज एजेन्सीले पनि इरानी सहर इसफानको विमानस्थलमा विस्फोटको आवाज सुनिएको दाबी गरेको छ । तर, विस्फोटको कारण भने खुल्न सकेको छैन । इरानका धेरै आणविक केन्द्रहरू इसफान प्रान्तमा छन् ।
इरानको युरेनियम संवर्धनको मुख्य केन्द्र पनि यही सहरमा छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानको हवाई क्षेत्रमा धेरै उडानको रुट परिवर्तन गरिएको छ ।
गएको शनिबार इरानले इजरायलमाथि ३०० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । तर यी मिसाइल र ड्रोनले इजरायलको वायु सुरक्षालाई पार गर्न सकेनन् । अप्रिल १ मा दमास्कसस्थित इरानको दूतावासमा हमला भएको थियो । यस हमलामा इरानको सेनाका दुई शीर्ष कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।