एजेन्सी– दक्षिण कोरियाले युक्रेनलाई आउँदो पाँच वर्षभित्र सस्तो ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको छ ।
यो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिने दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई झण्डै १० करोड डलर बराबरको सहायता पनि पठाउने बताएको बीबीसीले जनाएको छ ।
फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि विनाशकारी युद्धमा फसेको युक्रेनलाई दक्षिण कोरियाले समर्थन गरिरहेको छ । दुई वर्षदेखि चलेको युद्धले युक्रेनमा ठूलो क्षति पु¥याएको खबरमा उल्लेख छ । युक्रेनका धेरै महत्वपूर्ण शहर रुसको नियन्त्रणमा रहेका छन् ।
रुसी आक्रमणका कारण युक्रेनको ऊर्जा पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । युक्रेनमा चलिरहेको युद्धलाई आफ्नो विशेष सैन्य अपरेशन भनेको रुसले पनि ठूलो सङ्ख्यामा सैन्य जनशक्ति गुमाएको खबरमा उल्लेख छ ।
बीबीसीको रिपोर्टअनुसार युद्धमा अहिलेसम्म ५० हजारभन्दा धेरै रुसी सैनिक मारिएका छन् । यद्यपि, वास्तविक सङ्ख्या योभन्दा धेरै हुन सक्ने खबरमा उल्लेख छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।