एजेन्सी– गाजाको रफाह शहरमा इजरायली आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट जीवित बच्चा निकालिएको छ ।
प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला साढे सात महिनाको गर्भवती भएको बताएका छन् । चिकित्सकले आकस्मिक प्रसूति सेवामार्फत शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ ।
एक किलो ४ सय ग्राम तौल रहेको बच्चाको अवस्था स्थिर रहेको र बिस्तारै स्वास्थ्यमा सुधार भइरहेको खबरमा उल्लेख छ । रफाहको अस्पतालमा शिशुको हेरचाह गरिरहेका डाक्टर मोहम्मद सलामाले नवजात शिशुलाई अर्को बच्चासँगै इन्क्युबेटरमा राखिएको बताए । उनलाई तीनदेखि चार हप्तासम्म अस्पतालमा राखिनेछ ।
अस्ति आइतवार भएको आक्रमणमा ज्यान गुमाउने महिला सबरीन अल–सकानीसँगै उनका श्रीमान् र ३ वर्षकी छोरीलगायत एकै परिवारमा अरु १३ जना बालबालिकासहित १९ जना मारिएका बीबीसीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।