काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिकामा प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि चायल्ड फण्ड जापानको सहयोग र गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धिमा प्रधानाध्यापकहरुको नेतृत्व, भूमिका तथा जिम्मेवारी र आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको छ । प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालित शिक्षामा पहुँच सुनिश्चतता परियोजना अन्तर्गत परियोजना कार्यान्वयनका क्रममा हालसम्म सम्पन्न क्रियाकलापहरु, समस्या तथा चूनौतीहरु, उपलब्धिहरु र महत्वपूर्ण सिकाईहरुका बारेमा जानकारी गराएका थिए ।
बेनीघाट रोराङगाउँपालिकामा शिक्षामा पहुँच सुनिश्चितता परियोजना सम्बन्धित विद्यालयसँग समन्वय र सहकार्यमा संचालन भइ रहेको छ । परियोजना सञ्चालनपछि विद्यालयहरुमा अतिविपन्न तथा विद्यालय छाड्ने जोखिममा रहेका तथा ६०० जना प्रत्यायोजित बालबालिकाका लागि शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ । कार्यक्रमपछि विद्यालयमा सकरात्मक प्रभाव पर्दै आएको अर्यालले जानकारी दिए ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया, उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्मदा घिमिरे, शिक्षा अधिकारी बोधराज पाठक, चाईल्ड फण्ड जापानका एरिया मेनेजर दल बहादुर सुनार, डोनर सर्भिस अफिसर श्रीकान्त लुईटेल, १९ वटा विद्यालयका प्रधानाध्यापक लगायत कार्यक्रममा उपस्थित रहेकाहरुले परियोजना प्रभावकारी बन्दै गएको बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।