धादिङबेसी–मलेखु सडक खण्ड अवरुद्ध 

धादिङबेसी–मलेखु सडक खण्ड अवरुद्ध 

धादिङ– निरन्तर वर्षासँगै आएको पहिरोका कारण धादिङबेसी–मलेखु सडक खण्ड अवरुद्ध भएको छ । भारी वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन ठप्प भएको हो ।

धादिङको नीलकण्ठ नगरपालिका- ८ स्थित पुछारबजार कृष्ण मन्दिर, कमेरे खोला लगायत ठाउँहरुमा पहिरो खसेर अवरुद्ध बनेको सडक खुलाउन समय लाग्ने प्रहरीले जानकारी दिएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको छ। धादिङबेसी–मलेखु सडक राजधानी काठमाडौँ, पोखरा लगायतका शहरसँग धादिङ जिल्लाको सदरमुकामलाई जोड्ने मुख्य मार्ग भएकाले यसको अवरोधले दैनिक यात्रु तथा सामान ढुवानीमा प्रत्यक्ष असर परेको छ।

अत्यावश्यक काममा यात्रा गरिरहेका सर्वसाधारणले वैकल्पिक मार्गको खोजी गरिरहेका छन् । सुरक्षा निकायले सम्भावित थप पहिरोको जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन र अत्यावश्यक नपरेसम्म यात्रा नगर्न आग्रह गरेको छ।

 

Advertisement

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट