काठमाडौं– बर्षाका कारण अवरुद्ध बनेको धादिङबेसी–मलेखु सडक खण्ड खुलाउने प्रयास भइ रहेको छ ।
भारी वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालल्ले जानकारी दिए
`सडक माथिबाट खसेको पहिरो जेसेबीले पन्छाइ रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा बाटो खुलाउने प्रयास भइ रहेको छ´ उनले भने- `ठूलो बर्षाले खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । अहिले दुवैतर्फ सवारी साधन आवागमन ठप्प भएको छ । आज नै बाटो खुलाउने प्रयासमा छौं ।
धादिङबेसी पुछार बजार कृष्ण मन्दिर, कमेरे खोला लगायत ठाउँहरुमा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । धादिङबेसी–मलेखु सडक राजधानी काठमाडौँ, पोखरा लगायतका शहरसँग धादिङ जिल्लाको सदरमुकामलाई जोड्ने मुख्य मार्ग भएकाले यसको अवरोधले दैनिक यात्रु तथा सामान ढुवानीमा प्रत्यक्ष असर परेको छ।
अत्यावश्यक काममा यात्रा गरिरहेका सर्वसाधारणले वैकल्पिक मार्गको खोजी गरिरहेका छन् । सुरक्षा निकायले सम्भावित थप पहिरोको जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन र अत्यावश्यक नपरेसम्म यात्रा नगर्न आग्रह गरेको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप