परिवारले न वेपत्ता अंकित भेटे न क्षतिपूर्ति पाए

परिवारले न वेपत्ता अंकित भेटे न क्षतिपूर्ति पाए

काठमाडौं- धादिङको ज्वालामुखी गाउँपालिका–४ का १२ बर्षिय बालक अंकित श्रेष्ठ धादिङबेसीबाट साउन २५ गतेदेखि वेपत्ता छन् । वेपत्ता अंकितका परिवारले न छोरा भेटे न त क्षतिपूर्ति पाएका छन् । छोराको खोजी गर्दागर्दै थाकेका आमा बुबा क्षतिपूर्तिको माग गर्दै सरकारी कार्यालय धाउदा धाउदै थलिने अवस्थामा पुगेका छन् ।
अंकित वेपत्ता भएको १७ दिन वित्यो । उनको परिवारमा पीडाको खाडल उस्तै छ ।

Advertisement

छोरा खोजी दिन अनुरोध गर्दै अंकितका बुबा शिव श्रेष्ठको दम्पत्ति नपुगेको सायदै कुनै सरोकारवाला निकाय होला । संगै खोला गएका छोराको साथीहरुको बयान अनुसार छोरा अरुङ खोलामा झोल्लिएको तारले करेन्ट लागेर खोलामा ढलेपछि वेपत्ता भएको उनीहरु बताउँछन् । विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लागेर खोलामा खसेको छोरा वेपत्ता भएको परिवारले दावी गर्दै आएका छन् । तर क्षतिपूर्तिको माग गर्दै सरकारी कार्यालयको ढोका ढक्ढकाएका उनीहरुको मलिनो आवाज कसैले सुनेनन् ।

जिल्ला प्रहरी कार्यालय धादिङले पनि विजुलीको झोल्लिएको तार अलि ठूलो खालको बालबालिकाले भेट्ने गरि खोलामा रहेकोे जनाएको छ । अंकितसँगै पौडी खेल्न गएका उनका ७ जना साथीहरुसँग सोधपुछ गर्दा विजुलीको लत्रिएको तारले झट्का लागेर अंकित खोलामा खसेको बताएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । बालक वेपत्ता भएको जानकारी पाएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीयको सहयोगमा खोजी कार्य भएपनि आधी महिना भन्दा बढी समय वित्दा समेत अंकित पत्ता लागेन ।

अंकितका बुबा शिव श्रेष्ठले विद्युत प्राधिकरणको लापरबाहिले छोरा करेन्ट लागेर वेपत्ता भएपछि नियम अनुसार क्षतिपूर्तिको माग गरेको बताए । तर प्राधिकरणले आनाकानी गरिरहेको उनको भनाई छ । ‘विद्युत प्राधिकरण, जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रशासन कार्यालय धादिङ लगायत सबै सरोकारवाला निकायमा पुगेर भनेका छौं । तर प्रक्रियाको कुरा गरेर अल्झाइ रहको छ । छोरा त पत्ता लागेन, नियम अनुसार पाउने क्षतिपूर्ति पाउन पनि यत्रो लडाई गर्नु पर्ने । हामी त न्याय खोज्दाखोज्दै थलियौं’ उनले भने ।

वेपत्ता अंकितका परिवार तथा आफन्तले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई क्षतिपूर्तिको माग गर्दै ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी सुवेदीले पनि तत्काल छलफल गरि समस्या समाधान गर्ने बताए । उनले भने– ‘वेपत्ता अंकितको न जीवितै उद्धार हुन सक्यो न शव नै भेटिएको छ । केहि कानुनी जटिलताहरु पनि छन् । राजनितिक दलका प्रतिनिधि, विद्युत प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, पीडित पक्ष सबै बसेर छलफल गरि समस्या समाधान गर्छाैं ।’

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट