सेयर बजारमा हरियाली, ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार

  • २०८० पौष २३, सोमबार (६ महिना अघि)
  • १८६ पटक पढिएको
सेयर बजारमा हरियाली, ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार

सेयर बजार आज सोमवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ ।
जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर वृद्धि भएको हो ।

Advertisement

आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको सेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ ।

आज कुल एक करोड ३७ लाख कित्ता सेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राको मात्रै पाँच लाख २६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट