काठमाडौं– अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीनजना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाबारे छलफल भएको छ ।
अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजर, आकीहीको नीसीओ र ग्वान्झे चेनबीच भर्चुअल माध्यममार्फत छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार मुख्यगरी नेपाल र विश्व बैंकबीचको आउँदो पाँच वर्षका लागि साझेदारी खाका निर्माण तथा माथिल्लो अरुण जलविद्युत् आयोजना र दूधकोशी जलाशययुक्त आयोजना अगाडि बढाउने विषयमा छलफल भएको हो ।
छलफलमा अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एसियाली विकास बैंक (एडीबी)का नेपाल निर्देशक आर्नो कोस्वा र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का प्रतिनिधिलगायत सहभागी थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।