काठमाडौं– तीन पटकसम्म सकारात्मक सर्किट लागेपछि सेयर बजारको कारोबार आजको लागि बन्द भएको छ ।
सत्ता गठबन्धन फेरिएको समाचारसँगै बिहान ११ बजे बजार खुलेको तीन मिनेटमै बजारमा सर्किट लागेको थियो । कारोबार सुरु भएको तीन मिनेटमै नेप्से ४ प्रतिशतले बढेर सर्किट लागेपछि २० मिनेटको लागि बन्द भएको थियो ।
दोस्रो पटक बजार खुल्दा थप एक प्रतिशतले बढेपछि कारोबार ४० मिनेटको लागि बन्द भयो । त्यसपछि खुलेको बजार थप एक प्रतिशतले बढेर समग्रमा ६ प्रतिशतले उकालो लागेसँगै आजको लागि बजार बन्द भएको हो ।
कारोबार शुरू भएको पहिलो घण्टा ४ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्छ । त्यसपछि पनि थप दुई पटक सर्किट ब्रेक लागे त्यो दिनका लागि कारोबार रोकिने नेप्सेको नियम छ ।
नेप्से आज १ सय १७ दशमलव ७० अङ्कले बढेर २ हजार ७८ विन्दुमा पुगेको छ । आज ९ लाख ३४ हजार कित्ता सेयर ३७ करोड ५२ लाख रुपैयाँमा कारोबार भएका छन् । आज ११ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।