काठमाडौं– धादिङको सुनौलो भैरवी माध्यामिक विद्यालयकी छात्रा प्रशंसा श्रेष्ठ वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छिन् । ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा उनी प्रथम भएकी हुन् ।
महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा शंखादेवी माध्यामिक विद्यालयकी अनिशा श्रेष्ठ द्धितीय, एड्भान्स एकेडेमीकी मन्जिला श्रेष्ठ र रामकोट माध्यामिक विद्यालयकी सुनिता विश्वकर्मा तृतीय भएका छन् भने पञ्चकन्या माध्यामिक विद्यालयकी विपसना गुरुङ सान्त्वना भएकी छिन् ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना विद्यार्थीहरुलाई नगद ५ हजार, ४ हजार, ३/३ हजार र २ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा नगरपालिका भित्रका १८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न प्रतियोगिताको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्कर्माले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।