काठमाडौं– सेफ हाउस सञ्चालक र व्यवस्थापकहरूलाई हिंसाबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको सहयोग, उद्धार तथा पुर्नस्थापना सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश सरकारले चैत्र १३ र १४ गते सौराहामा अभिमूखीकरण कार्यक्रम गरेको हो ।
अपांगता भएका ब्यक्तिहरुका लागि भौतिक पुर्वाधार, वातावरण, निति कानुन, संस्थागत संरचना र सूचना संचारको क्षेत्रमा पहुँचयुक्तता पुर्याउने विषयमा समाजिक विकास मन्त्रालयका उपसचिव गोपाल प्रसाद कँडेलले सहजीकरण गरेका थिए ।
अपांगता भएका महिलाहरुको संघका केन्द्रीय अध्यक्ष निर्मला धितालले सेफ हाउस र बाल गृहहरुलाई अपांगता, बालमैत्री बनाउनु पर्ने, बोली, व्यबहार र स्याहारमा विशेष ख्याल गर्नुपर्ने, सेफ हाउस र बाल गृहमा देखिएका समस्या,चुनौती र समाधानका विषयमा सहजीकरण गरेकी थिइन् ।
मकवानपुर, चितवन, धादिङ्ग, नुवाकोट र रसुवा जिल्लाका सुरक्षीत आवास गृह, अल्पकालीन पुर्नस्थापना गृह र बाल गृह संचालकहरु ३५ जनाको सहभागिता रहेकोे थियो । अभिमूखीकरण कार्यक्रमले हिंसाबाट प्रभावित अपाङ्गता भएका व्यक्ति र महिला दिदिबहिनीहरुको क्षेत्रमा काम गर्न थप सहयोग पुग्ने गायत्री खतिवडाले बताइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।