काठमाडौं– नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङले जिल्लाभर मुटु परिक्षण शिविर सञ्चालन गर्ने भएको छ । शुक्रबार सम्पन्न ७औं वार्षिक साधारण सभाले मुटु जाँच परिक्षण जिल्ला भर संचालन गर्ने निर्णय गरेको हो ।
धादिङ जिल्लाभर मुटु परिक्षण गर्ने कार्यक्रम संचालन गर्न १३ वटै स्थानिय निकायलाई समन्वय गर्ने वार्षिक साधारण सभाको सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले बताए । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङले आर्थिक वर्ष ०७९/०८० को कार्य प्रगति तथा चार लाख ८६ हजार दुइ सय ३९ रुपियाँ ९५ पैसाको आम्दानी खर्चको विवरण धादिङ शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । शाखाले रिमेटिक हर्ट भएकालाई हरेक २१ दिनमा लगाउनु पर्ने भ्याक्सिन निःशुल्क प्रदान गर्ने, समुदायमा रक्त चाप र सुगर जाँच गर्ने, मुटु रोग सम्वन्धी जानकारीमूलक पुस्तक तथा सामग्रीहरु वितरण गर्ने, निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने जस्ता कार्यक्रमहरु गरेको छ । धादिङ अस्पताललाई ECG मेशिन प्रदान गरिएको समेत प्रतिवेदनमा उल्लेख छ ।
नीलकण्ठ नगरपालिका–२ मा अवस्थित महेन्द्र माध्यामिक विद्यालयमा फागुन ७ गते आँखा, दाँत र मुटु परिक्षण गराउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि ४९४ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । २०८० चैत्र १० गते प्राथमिक स्वास्थ्य केन्द्र त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यान्टारमा निशुल्क मुटु जाँच शिविरमा तीन सय ३४ जनाको स्वास्थ्य परिक्षण गरिएको आधार साना वाल वालिकाहरुको मुटु वचाउन विद्यालय स्तरमा स्क्रिनिङ तथा सचेतना कार्यक्रम संगसंगै लैजानु पर्नेमा जोड दिनु पर्ने अध्यक्ष श्रेष्ठले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।