काठमाडौं– साताको पहिलो दिन आज सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७५ अङ्कले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा पुगेको छ ।
आज होटल र व्यापारबाहेक सबै समूहको सेयर बढेकोमा फाइनान्स र विकास बैंक समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त र मानुषी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज तारागाउँ रिजेन्सी होटलको सेयर भने १० प्रतिशतले घटेको छ ।
आज बजारसँगै कारोबार रकम पनि बढेको छ । एक करोड १२ लाख कित्ता शेयर चार अर्ब २५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।