पहिरोले अवरुद्ध धादिङबेसी–मलेखु सडक खण्ड एकतर्फी खुल्यो 

पहिरोले अवरुद्ध धादिङबेसी–मलेखु सडक खण्ड एकतर्फी खुल्यो 

काठमाडौं– बर्षाका कारण अवरुद्ध बनेको धादिङबेसी–मलेखु सडक खण्ड एक तर्फी संचालनमा आएको छ ।

नीलकण्ठ नगरपालिका-८ स्थित कृष्ण मन्दिर नजिकै खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी संचालनमा आएको नीलकण्ठ नगरपालिका-८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार सडक माथिबाट खसेको पहिरो जेसेबीको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतको टोलीले बाटो खुलाएको हो । ठूलो बर्षाले खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो ।

धादिङबेसी–मलेखु सडक राजधानी काठमाडौँ, पोखरा लगायतका शहरसँग धादिङ जिल्लाको सदरमुकामलाई जोड्ने मुख्य मार्ग भएकाले यसको अवरोधले दैनिक यात्रु तथा सामान ढुवानीमा प्रत्यक्ष असर परेको छ।

 

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट