कस्तो चल्दै छ

  • नेपाल पथ
  • २०८० माघ ७, आईतबार (६ महिना अघि)
  • ३८३ पटक पढिएको
कस्तो चल्दै छ

गजल

Advertisement

एक दुई शब्द गलत कदमको भार कस्तो चल्दै छ ।
भएको थिईन उनी जिउँने आधार कस्तो चल्दै छ ।।

बर्साैदेखि भेटेर एउटा कुरा सोध्नु थियो मलाई ।
धोकाको खेती रोक्योै या लगातार कस्तो चल्दै छ ।।

रुँदै देश माग्दै थिए आज जनताहरु सडकमा ।
अनि भनिदेउँ सरकार देशको व्यापार कस्तो चल्दै छ ।।

तिमीले धोकाको उपाधि पायोै खुसि मिल्यो होला ।
बिन्ती नसोध मलाई पिरतीको हार कस्तो चल्दै छ ।।

खै त निर्मलाको आत्माले न्याय पाएको सरकार ।
यत्ति भन महिलाहरुको अधिकार कस्तो चल्दै छ ।।

सपना कुँवर
धादिङ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट