काठमाडौं– उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्न सक्छ ।
जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारण यस दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाएका हुन ।
यस दुर्घटनामा ठूलो संख्यामा मानिसको ज्यान गएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन् । ४ बालबालिकालाई गम्भीर अवस्थामा अस्पताल पठाइएको छ ।
माघ पूर्णिमाको अवसरमा यी मानिसहरू कासगञ्जको पटियालीस्थित कादरगञ्ज गंगाघाटमा गंगा स्नान गर्न गइरहेका थिए ।
उद्दार र उपचार दुवै जारी रहेको स्थानिय प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।